भारतमा थपिए २५०० भन्दा बढी संक्रमित, ३० को मृत्यु

नयाँदिल्ली–भारतमा कोरोनाबाट २ हजार ५ सय ४१ संक्रमित थपिएका छन्। सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार कोरोना संक्रमणका कारण पछिल्लो एक दिनमा थप ३० जनाको मृत्यु पनि भएको छ।
अघिल्लो दिन भने दुई हजार ५ सय ९३ संक्रमित थपिएका थिए। भारतमा अहिलेसम्म चार करोड ३० लाख ६० हजार ८६ संक्रमित भएका छन्।
संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले १६ हजार ५२२ जना संक्रमित अवस्थामै रहेको जनाइएको छ। नयाँ संक्रमितमध्ये एक हजार ८३ जना दिल्ली प्रदेशका मात्रै रहेका छन् । यो संख्या नयाँ कुल संक्रमितको ५७.३७ प्रतिशत हो।