सांघाइमा एकै दिन ३९ कोरोना संक्रमितको मृत्यु

हेल्थपोस्ट नेपाल

काठमाडौं – चीनको सांघाइमा आइतबार कोरोना संक्रमित ३९ जनाको मृत्यु भएको छ। योसँगै सांघाइमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८७ पुगेको त्यहाँको नेसनल हेल्थ कमिसनले जनाएको छ। आइतबार कोरोनाका २२ हजार नयाँ संक्रमित भेटिएका थिए।

साढे २ करोड जनसंख्या भएको सांघाइ पछिल्लो समय कोरोना संक्रमणको चपेटामा परेको छ। देशका बृद्ध र खोप नलागाएको ठूलो जनसंख्यामा कोरोनाको जोखिम रहेको स्वास्थ्य अधिकारीहरूले चेतावनी दिएका छन्। कोरोनाबाट मृत्यु हुने अधिकांश बृद्धबृद्धा रहेका सरकारले दाबी गरेको छ।

सरकारले कोरोनाबाट मृत्यु हुनेमा खोप नलगाएका र दीर्घरोगी भएको बताए पनि पछिल्लो पटक मृत्यु भएकामध्ये पाँचजनाले खोप लगाएको प्राप्त विवरणहरूमा जनाइएको छ।

संक्रमितहरूको मृत्यु बढेसँगै चीनमा निर्मित खोपको प्रभावकारीताबारे केहीले प्रश्न उठाउन थालेका छन्। यसैबीच, राजधानी बेइजिङमा २२ नयाँ संक्रमित भेटिएका छन्।



Leave a Reply

Your email address will not be published.