थप १८ जनामा संक्रमण पुष्टि, १७ निकाे भए

नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा गरिएको ४९४७ नमुना परीक्षणबाट १८ जनामा संक्रमण पुष्टि भएको हो।
यो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भने भएको छैन। यो बीचमा ४८ हजार ७८० जनाले कोरोना विरूद्ध खोप लगाएको पनि मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार योबीचमा १७ जना संक्रमण मुक्त भएका छन् र अब देशभर २८३ जना सक्रिय संक्रमित छन्।