आँखामा थोपा औषधि कसरी हाल्ने? मल्हम कसरी लगाउने?

हेल्थपोस्ट नेपाल

आँखामा थोपा औषधि कसरी हाल्ने ?

  • सकेसम्म काेही एक साथीलाई औषधि हाल्न सहयोग माग्नुहोस्।
  • सबैभन्दा पहिले दुवै हात सफा गरि धुनुहोस्।
  • अब राम्ररी हेर्नुस कि सही औषधि प्रयोग गरिराख्नु भएको छ कि छैन ?
  • साथै औषधिको उपभोग मिति सकिएको छ कि छैन पनि राम्ररी हेर्नु पर्छ।
  • अब आँखाको थोपा औषधिको बट्टा (बोटल) एकछिन हल्लाउनुहोस्।
  • बिस्तारै आफ्नो चोर औलाले आँखाको तल्लो ढकनीलाई तलतिर तानेर सानो खल्ती जस्तो बनाउनुहोस्।
  • बोटल आँखाभन्दा केहि सेन्टिमिटर माथि राख्नुहोस् र बोटल बिस्तारै थिच्नुहोस् ताकि एक थोपा मात्र औषधि अघि बनेको सानो खल्तीमा परोस्।
  • एकक्षण पर्खनुहोस् र आँखाको तल्लो ढकनी छोड्नु होस्।
  • अब एकैछिन आँखा चिम्म गर्नुहोस् र बिस्तारै एउटा आंैलाले बिस्तारै नाकको छेउपट्टि आँखा थिची बन्द राख्नुहोस्। यसले गर्दा औषधि आँखैमा रहन्छ र औषधिले आँखामा गर्नु पर्ने काम गर्दछ । बन्द आँखाबाट बाहिर निस्केको औषधि सफा कपडाले पुछ्नुहोस्।
  • अर्को आँखामा पनि थोपा औषधि हाल्नु पर्ने भए पहिले हालेको जसरी नै हाल्नुहोस्।
  • यदि एकभन्दा बढी थोपा औषधि हाल्नु पर्ने भए , कुनै पनि औषधि पहिला हाल्दा हुन्छ। तर अर्को पनि थोपा औषधि हाल्नु पर्ने छ भने पहिलो औषधि हालेको ३ देखि ५ मिनेट पर्खेर मात्र अर्को औषधि हाल्नुस् ताकि दोश्रो औषधिले पहिलो औषधिलाई पखालेर पहिलो औषधि खेर नजाओस् ।

आँखामा मल्हम कसरी लगाउने ?

  • सकेसम्म कोही एक साथिलाई औषधि हाल्न सहयोग माग्नुहोस्।
  • सबैभन्दा पहिले दुबै हात सफा गरि धुनुहोस्।
  • अब राम्ररी हेर्नुस कि सही औषधि प्रयोग गरि राख्नु भएको छ कि छैन ?
  • साथै औषधिको उपभोग मिति सकिएको छ कि छैन पनि राम्ररी हेर्नु पर्छ।
  • बिस्तारै आफ्नो चोर औलाले एउटा आँखाको तल्ला ढकनीलाई तलतिर तानेर सानो खल्ती जस्तो बनाउनुहोस्।
  • आँखाभन्दा करिब २.५ से.मी माथि औषधिको नली राख्नुहोस्।
  • नाकको कुनाबाट सुरु हुने गरि आँखाको ढकनीको भित्री भागमा पर्ने गरि आलिकति मल्हम हाल्नुहोस् ।
  • अब एकैछिन आँखा बन्द गर्नुहोस्।
  • अर्को आँखामा पनि त्यसरी नै मलम लगाउनुहोस्  मल्हम हालेको केही समयसम्म आँखा धमिलो हुन्छ।

सम्झनुहोस्

  • आँखाको ढकनी धेरै नखोल्नुहोस नत्र औषधि पोखिन सक्छ।
  • थोपा औषधि हाल्दा सिधै आँखाको नानीमा नपार्नु होस् । यसो भएमा आँखा पोल्ने हुनाले बिरामी फेरि पनि औषधि हाल्न डर मान्दछन्।
  • औषधि हाल्दा बोटल या मलमको टुप्पोले आँखाको ढकनी, परेला वा छाला मा छुनु हुन्न । यसो भएमा सो औषधिमा जीवाणु पर्न गई फेरि प्रयोग गर्न अयोग्य हुन्छ।


Leave a Reply

Your email address will not be published.