नेपाल फर्मा एक्स्पो उद्घाटन गर्दै राष्ट्रपतिले भनिन्-औषधि उत्पादनका क्षेत्रमा लगानी बढाउनुपर्छ

हेल्थपोस्ट नेपाल

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले चितवनमा सुरु भएकाे नेपाल फर्मा एक्स्पो २०२२ उद्घाटन गरेकी छन्।

समाराेहमा रास्ट्रपति भण्डारीले औषधि उत्पादनमा नेपालले ठूलो फड्को मारेको बताइन्। धेरै औषधि नेपालमै उत्पादन गर्न आवश्यक रहेको औंल्याउदै उनले औषधि उत्पादनका क्षेत्र लगानी बढाउनुपर्ने बताइन्।। अर्थतन्त्रसँग औषधि उत्पादन क्षेत्र जोडिएको भन्दै उनले औषधिको आयातलाई रोकेर अब निर्याततर्फ ध्यान दिनुपर्ने बताइन्। उनले नसर्ने रोगहरुको समस्या बढ्दै गएको भन्दै त्यसतर्फ सबैको ध्यान जानुपर्ने बताईन्।

नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजङ्ग पाण्डेले नेपाली औषधि उद्योगलाई प्रवर्द्धन गर्न सरकारको सहयोग आवश्यक पर्ने बताए। उनले हाल नेपालमा कुल क्षमतामा ५० प्रतिशतमात्रै औषधि उत्पादन भइरहेको बताए। संघका पूर्वअध्यक्ष दीपकप्रसाद दाहालले नेपाली औषधि थोरै भए पनि निर्यात हुन थालेको भन्दै यसले नेपाल औषधिमा आत्मनिर्भरताको बाटोमा हिड्न थालेको बताए। नेपालमा ५० प्रतिशत बजार भारतले, ४५ नेपालले र ५ प्रतिशत अन्य देशले धानेको उनले बताए।

नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले गुणस्तरीय औषधि उत्पादनमा जोड दिनुपर्ने बताए। कार्कीले औषधि व्यवस्था विभागले औषधि उद्योगमा सहजताका लागि काम गर्नुपर्ने बताए।



Leave a Reply

Your email address will not be published.