चुनावी घोषणापत्रमा एमालेको नारा: निरोगी नेपाल, स्वस्थ नेपाली (विवरणसहित)

काठमाडौ–एमालेले प्रत्येक पालिकामा निर्माणाधीन आधारभूत अस्पताल सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।
शुक्रबार चुनावी घोषणपत्र सार्वजनिक गर्दै एमालेले उक्त प्रतिबद्धता जनाएको हो। घोषणापत्रमा प्रत्येक वडामा स्वास्थ्य चौकी निर्माण र सञ्चालन गर्ने, त्यसका लागि आवश्यक स्वास्थ्य उपकरण र जनशक्ति व्यवस्थापन गर्ने उल्लेख छ।
यस्तै, स्वास्थ्य सेवा शिविर सञ्चालन, प्रजनन स्वास्थ्य, पोषण सेवासम्बन्धी कार्य गर्ने, गम्भीर रोगको पूर्वपरीक्षण र पाठेघरको क्यान्सरको निःशुल्क परीक्षण गर्ने, प्रत्येक नागरिकको अनिवार्य स्वास्थ्यबिमा गर्ने, ज्येष्ठ नागरिक, विपन्न, दलित, एकल महिला र अपांगतासहितका व्यक्तिको स्वास्थ्यबिमा निःशुल्क गर्नेलगायतका प्रतिबद्धता घोषणापत्रमा गरिएको छ।