चितवनमा अर्थोडोन्टिक चिकित्सकहरुको तीन दिने सम्मेलन सुरु

हेल्थपोस्ट नेपाल

चितवन–चितवनमा अर्थोडोन्टिक चिकित्सकहरुको तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। चितवन मेडिकल कलेज परिसरमा सुरु भएको सम्मेलन कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा हरिशचन्द्र न्यौपानेले उदघाटन गरेका थिए।

समारोहमा बोल्दै उनले मेडिकल सिटिका रुपमा विकसित चितवनमा दन्त चिकित्साअन्तर्गत अर्थोडोन्टिक एण्ड डेन्टोफेन्सियल अर्थोपोडिक एसोसिएसन अफ नेपालको आयोजनामा हुने सम्मेलन नयाँ उपलब्धी हासिल हुने बताए। उनले दन्त चिकित्सामा नयाँ अनुसन्धानले यो क्षेत्रको विकास र प्रर्वद्धनमा थप मद्दत पुग्ने विश्वास व्यक्त गरे।

सो देश तथा विदेशबाट आएका चिकित्सहरुले हासिल गरेको प्रविधि र विज्ञद्वारा सहभागीलाई प्रशिक्षणसँगै विभिन्न प्रस्तुतिसहितको छलफल राखिएको सम्मेलनका संयोजक प्रा डा वसन्त श्रेष्ठले जानकारी दिए।

दाँतको समस्यासँगै अर्थिडोलिक्स उपचारका क्षेत्रमा आएका नविन उपचारका प्रविधि तथा खोज अनुसन्धानबारे जानकारी दिई दक्ष चिकित्सक बनाउन सम्मेलन र कार्यशाला महत्वपूर्ण रहेको अर्थोडोन्टिक एण्ड डेन्टोफेन्सियल अर्थोपोडिक एसोसिएसन अफ नेपालका अध्यक्ष अध्यक्ष डा दशरथ काफ्लेले बताए।

दन्त चिकित्सा चिकित्साशास्त्रको एक प्रमुख अंग हो। दन्त चिकित्सामा जम्मा आठ वटा हाँगाहरू हुन्छन्। त्यसमध्ये बांगाटिंगा छिद्रा भएको, दाँत बाहिर भएको गिजा देखिने समस्याहरूलाई समाधान गर्न दाँतमा बाँधेर मिलाउने चिकित्सा प्रणालीलाई अर्थिडोलिक्स विषय भनिन्छ।

अर्थिडोलिक्स उपचारले विरामीको दाँतमात्रै मिल्ने होइन, दाँत वरिपरिको हाड र मासुमा अनुकूल परिवर्तन भएर मानिसको सुन्दर व्यक्तित्व विकासमा वृद्धि हुने डा पुजा कोइरालाले बताईन्।

पहिलो सत्र शुक्रबार चितवन मेडिकल कलेजमा र बाँकी दुई दिनको सत्र सौराहाको होटल पार्क सफारी रिसोर्टमा हुने उनले बताईन्। सम्मेलनमा नेपाल, भारत बंगलादेशसहितका देशका गरि १५० जना चिकित्सकहरुको सहभागिता रहेको एसोसिएसनका सचिव राजिव यादवले बताए।



Leave a Reply

Your email address will not be published.