डब्लुएचओ प्रमुखले गरे राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपाल भ्रमणमा रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) प्रमुख डा टेड्रोस अधानोम घेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन्।

उनले राष्ट्रपतिसँग शीतलनिवास र प्रधानमन्त्रीसँग बालुवाटारमा छुट्टाछुट्टै भेट गरेका हुन्। दुवै भेटका अवसरमा डब्लुएचओले नेपालमा गरेको सहयोग र आपसी सम्बन्धका विषयमा छलफल भएको बताइएको छ।

डब्लुएचओ प्रमुख टेड्रोस आज टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र पाटन दरबार क्षेत्र जाने कार्यक्रम छ। उनको सम्मानमा स्वास्थ्य मन्त्रालयले म्यारियट होटलमा आजै रात्रिभोज गर्दैछ ।



Leave a Reply

Your email address will not be published.