हेलिकोप्टरमार्फत् सुत्केरीको उद्धार

हेल्थपोस्ट नेपाल

खाँदवारी-सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–३ ताम्कुबाट हेलिकोप्टरमार्फत्  एक सुत्केरीको उद्धार गरिएको छ ।

सिलिचोङ–३ कोल्वाकी १८ वर्षीया मेलिना राईलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत् उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए। सुत्केरी राईको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको हो ।

ब्यथा लागेपछि उनलाई बुधबार राति १० बजे प्राथमिक स्वास्थ्य केन्द्र ताम्कु भर्ना गरिएको थियो । उच्च रक्तचापबाट समेत पीडित राईको त्यहाँ उपचार हुन नसकेपछि बिहीबार हेलिकोप्टरमार्फत

काठमाडौँ लगिएको सिलिचोङ गाउँपालिकाका स्वास्थ्य संयोजक दिपेन्द्र कुलुङले जानकारी दिए।



Leave a Reply

Your email address will not be published.