चितवनमा आजदेखि आठौं नेपाल फर्मा एक्स्पो

हेल्थपोस्ट नेपाल

काठमाडौं–चितवनमा आजदेखि आठौं नेपाल फर्मा एक्स्पो २०२२ सुरु हुँदै छ। नेपाल औषधि उत्पादक संघको आयोजनामा एक्स्पो हुन लागेको हो। एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्दैछिन्।

नेपालमा औषधि उत्पादनको प्रविधि र यसमा अपनाइएका संवेदनशीलताका बारेमा जनमानसमा सचेतना दिने, नेपालको औषधि उत्पादनलाई अन्तराष्ट्रिय स्तरसम्म पु¥याउन अझ प्रविधिमैत्री र दक्षता प्रदान गर्ने, औषधि प्राविधिक र फर्मासिस्टहरुलाई अन्तराष्ट्रिय स्तरको नविन प्राविधिक ज्ञान दिने उद्धेश्यले एक्स्पो आयोजना गरिएको हो।

एक्स्पोमा १६० स्टल रहनेछन्, जसमा औषधि क्षेत्रमा नयाँ प्रविधिको खोज गरिरहेका विभिन्न १२० वटा बहुराष्ट्रिय कम्पनी, र ४० वटा नेपाली औषधि उद्योगले भाग लिनेछन।



Leave a Reply

Your email address will not be published.