थप १५ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या २९८

काठमाडौं–नेपालमा थप १५ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५ सय ४७ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।
यो अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन भने ३२ जना निको भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या २ सय ९८ छ। जसमध्ये काठमाडौंमा ४२, भक्तपुरमा ६ र ललितपुरमा १५ जना छन्।