सीमानाकामा हेल्थ डेस्क सक्रिय पारिँदै

हेल्थपोस्ट नेपाल

कञ्चनपुर-भारतमा कोरोना सङ्क्रमण बढेपछि नेपालमा पनि सावधानी अपनाउन स्वास्थ्य विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अनुरोध गरेको छ।

कोरोना रोकथामका लागि सीमानाकामा रहेका हेल्थ डेस्कमा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । बुधबार एक सूचना जारी गर्दै सुदूरपश्चिमको त्रिनगर, गड्डाचौकी, झुलाघाट, पुलघाटलगायतका नाकामा उच्च सतर्कता तथा एन्टिजेन परीक्षणलाई प्राथमिकता दिन आग्रह गरिएको छ ।

भारतलगायतका मुलुकबाट आउने यात्रुमा कोरोनाको लक्षण जाँच्न, पूर्ण खोप नलगाएकालाई कोरोना परीक्षण गर्न सूचनामा भनिएको छ । परीक्षणका क्रममा पोजेटिभ देखिएकाहरूको नमूना सङ्कलन गरी प्रदेश जनस्वास्थ्यसँग समन्वय गरी जिन स्क्रिनिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना पठाउने व्यवस्था मिलाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले पचात्रार गरेपछि सीमानाका गड्डाचौकी र त्रिनगरमा हेल्थ डेस्कलाई प्रभावकारी बनाउनका लाागि काम अगाडि बढाइएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताए।  कर्मचारी व्यवस्थापन र कोरोना परीक्षणका लागि आवश्यक सामग्रीको हेल्थ डेस्कमा व्यवस्था गरिन लागेको उनले जानकारी दिए।



Leave a Reply

Your email address will not be published.