स्वास्थ्यमन्त्री खतिवडा र डब्लुएचओ महानिर्देशकबीच भेटवार्ता

हेल्थपोस्ट नेपाल

काठमाडौं–स्वास्थ्यमन्त्री विरोध खतिवडा र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस घेब्रेयससबीच भेटवार्ता भएको छ। आजै मध्यान्ह काठमाडौं ओर्लिएका डब्लुएचओ महानिर्देशक र स्वास्थ्यमन्त्रीबीच स्वास्थ्यमन्त्रालयमा भेटवार्ता भएको हो।

भेटवार्ताका अवसरमा डा टेड्रोससँग आएको डब्लुएचओको टोली र स्वास्थ्य मन्त्रालयका अधिकारीहरु पनि उपस्थित थिए। डब्लुएचओ महानिर्देशकलाई स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले स्वागत गरेका थिए।

भ्रमणका क्रममा डब्लुएचओ महानिर्देशकले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटघाट गर्नेछन्। त्यसैगरी  परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्नेछन्। नेपाल सरकारका उच्च अधिकारीसहित डब्लुएचओका नेपालस्थित प्रतिनिधि र संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिसँग पनि छलफल गर्ने कार्यक्रम छ।

 



Leave a Reply

Your email address will not be published.