जर्मनीका अर्थमन्त्रीलाई कोभिड संक्रमण पुष्टि

हेल्थपोस्ट नेपाल

बर्लिन–जर्मनीका अर्थमन्त्री क्रिस्चियन लिन्डनरलाई कोभिड पोजिटिभ देखिएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको बैठकका लागि अमेरिकी राजधानी वासिङ्टन पुगेका लिन्डनरलाई कोरोना पोजेटिभ देखिएको समाचारमा जनाइएको छ।

लिन्डनरले कोरोना पोजेटिभ देखिनुअघि अर्थमन्त्रीहरू र केन्द्रीय बैंकका अध्यक्षहरूको जी२० बैठक र जी७ बैठकमा भाग लिएका थिए। जर्मनीले हाल जी७ को अध्यक्षता गर्दै आएको छ। मन्त्रीलाई हल्का लक्षणमात्रै देखिएको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन्। मंगलबार बर्लिनबाट वाशिंगटन र बुधवार वाशिंगटनमा उनको उडान अघिको परीक्षणहरू नेगेटिभ रहेको बताइएको छ।



Leave a Reply

Your email address will not be published.