ललितपुरस्थित अक्सिजन प्लान्टमा विस्फोट : एकजनाको मृत्यु, चार घाइते

काठमाडौं – ललितपुरमा रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ। औद्योगिक क्षेत्रभित्र रहेको प्लान्टमा अक्सिजन भर्ने क्रममा विस्फोट हुँदा अन्य चारजना घाइते भएका छन्।
ललितपुरका प्रहरी प्रवक्ता एसपी सिद्धिविक्रम शाहले प्लान्टभित्र विस्फोट भएको पुष्टि गर्दै एकजनाको मृत्यु भएको बताए। मृत्यु हुनेमा भारतीय नागरिक वृज महतो रहेका छन्। उनी भारतको चम्पारन घर भई कम्पनीमा काम गर्दै आएका थिए।
घाइतेलाई उपचारका लागि पाटन अस्पताल लगिएको छ।