कोरोना संक्रमण बढेपछि दिल्लीमा फेरि मास्क अनिवार्य, नियम उल्लंघन गर्नेलाई ५०० जरिवाना

हेल्थपोस्ट नेपाल

काठमाडौं–भारतको राजधानी नयाँदिल्लीमा फेरिे मास्क अनिवार्य गरिएको छ। कोभिड संक्रमण बढ्न थालेपछि मास्क अनिवार्य गरिएको हो। मास्क नलगाउनेलाई ५०० भारु जरिवाना गरिने दिल्ली विपद् व्यवस्थापन प्राधिकरण (डीडीएमए) ले जनाएको छ‍।

तर, स्कुलहरू बन्द गर्ने र सामाजिक जमघटमा भने प्रतिबन्ध लगाइएको छैन। बुधबार दिल्लीमा ६३२ नयाँ संक्रमित देखिएका थिए भने भारतभर २०६७ संक्रमित भेटिएका छन्।  संक्रमण दर ४ दशमलब ४२ प्रतिशत थियो। मंगलबार दिल्लीमा दैनिक संक्रमितको संख्या २६ प्रतिशतले बढेको थियो।

कोरोना महामारी सुरु भएदेखि अहिलेसम्म भारतमा ५ लाख २२ हजारको मृत्यु भएको छ। भारतमा अहिलेसम्म कुल ४ करोड २५ लाख १३ हजार २४८ जना संक्रमणमुक्त भएका छन्।



Leave a Reply

Your email address will not be published.