नेपालमा थपिए १३ कोरोना संक्रमित, छिमेकी मुलुकमा संक्रमण बढेकाले निगरानी चुस्त पार्न स्वास्थ्यको आग्रह

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा पछिल्लो २४ घण्टामा १३ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८ सय ७७ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। तीमध्ये काठमाडौंमा ३ र भक्तपुरमा ३ जनाका संक्रमण पुष्टि भएको छ।

यो अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन भने २५ जना निको भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३ सय १८ छ।

यसैबीच, भारतलगायतका छिमेकी मुलुकमा बढ्दो कोरोना संक्रमणलाई दृष्टिगत गर्दै निगरानी चुस्त पार्न सबै सम्बद्ध निकायमा स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।



Leave a Reply

Your email address will not be published.