यस्ता छन् जसपाको घोषणापत्रमा स्वास्थ्यका प्रतिबद्धता

हेल्थपोस्ट नेपाल

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) ले हरेक गाउँपालिकाका केन्द्रमा कम्तिमा विशेषज्ञ सेवासहितको एउटा स्वास्थ्य संस्था खोल्ने प्रतिबद्धता जनाएको छ।

बुधबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै जसपाले हरेक गाउँपालिकामा स्वास्थ्य प्रयोगशालाको व्यवस्था गर्ने र प्रत्येक पालिकामा गर्भवती महिलाका लागि बर्थिङ सेन्टर स्थापना गरिने जनाएको हो।

यस्तो छ जसपाको घोषणापत्रमा स्वास्थ्यका विषयः
ख) स्वास्थ्य
क) हरेक गाउँपालिकाहरूका केन्द्रमा कम्तिमा विशेषज्ञ सेवा सहितको एउटा स्वास्थ्य संस्था खोलिनेछ । साथै स्वास्थ्य प्रयोगशालाको व्यवस्था समेत गरिने छ । प्रत्येक पालिकामा गर्भवती महिलाहरूका लागि वर्थीङ सेन्टर स्थापना गरिने छ।

ख) गाउँपालिका र नगरपालिकाका प्रत्येक वार्डहरूमा एक जना चिकित्सक सेवा सहितको स्वास्थ्य चौकी सञ्चालन गरिने छ।

ग) स्वास्थ्य चौकी वा केन्द्रहरूको भौतिक पूर्वाधार र जनशक्तिलाई सकेसम्म एउटै मापदण्डमा सञ्चालन गरिने छ।

घ) नगर, उपमहानगर तथा महानगरपालिकाहरूमा जनसंख्याको अनुपातमा कम्तीमा क्रमशः पाँच-पन्ध्र बहु विशेषज्ञ सेवा सुविधासहितको अस्पताल स्थापना गरिने छ।

ङ) पाँच बर्षभित्र सबै स्तरका पालिकाहरूका नागरिकको स्वास्थ्य बिमा गरिने छ । अति विपन्न वर्गहरूको हकमा त्यस्तो बिमा शुल्क (प्रिमियम) स्थानिय तहले उपलव्ध गराउने छ।

च) युवा तथा लैङ्गिक मैत्री यौन तथा प्रजनन स्वास्थ्य अधिकारको बारेमा सचेतना सञ्चालन गरिने छ।

२.१२. जेष्ठ नागरिक
(क) ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था गरिने छ।

ख) एकल, असहाय वा परिवारबाट उपेक्षित जेष्ठ नागरिकको लागि स्याहार सुसार गर्ने व्यवस्थासहितको विशेष आवास गृहको निर्माण गरिने छ।

(ग) हरेक वडामा एक–एक ‘जेष्ठ नागरिक भेटघाट’ कक्ष बनाइने छ



Leave a Reply

Your email address will not be published.