चीनको सांघाईमा कोरोना संक्रमण तीव्र, तीन दिनमा १७ जनाको मृत्यु

हेल्थपोस्ट नेपाल

काठमाडौं – चीनको सांघाईमा कोरोना संक्रमणबाट बुधबार थप ७ जनाको मृत्यु भएको छ। योसँगै सांघाईमा यसै साता कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ। यसअघि सांघाईमा कोभिडबाट सोमबार ३ र मंगलबार ७ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य आयोगले जनाएको छ।

तीव्ररूपमा फैलिएको ओमिक्रोन भाइरसका कारण साढे २ करोड जनसंख्या भएको सांघाईमा संक्रमितको संख्या दिनहुँ बढिरहेको छ। महामारीसँग जुध्न सरकारले कडा प्रतिबन्ध र सामूहिक परीक्षणको दायरा बढाएको छ।

पछिल्लो पटक मृत्यु भएका सातैजना दीर्घरोगी भएको बताइएको छ। अधिकारीहरूका अनुसार उनीहरू फोक्सोको क्यान्सर र सुगरबाट पनि पीडित थिए। मृत्यु भएकामध्ये ५ जना ७० वर्षमाथिका रहेका बताइएको छ।

यसैबीच, सांघाईमा बुधबार थप १८ हजार नयाँ संक्रमित भेटिएका छन्।



Leave a Reply

Your email address will not be published.