डब्लुएचओ प्रमुख बिहीबार नेपाल आउँदै, राष्ट्रपति, प्रधानमन्त्रीलगायतसँग भेटवार्ता गर्ने

हेल्थपोस्ट नेपाल

काठमाडौं–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) प्रमुख डा टेड्रोस घेब्रेइसस तीन दिने भ्रमणका क्रममा बिहीबार नेपाल आउँदैछन्। स्वास्थ्यमन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन्। उनका साथमा डब्लुएचओकी दक्षिणपूर्वी एशियाा निर्देशक डा पूनम क्षेत्रपाल सिंह र अन्य डब्लुएचओ अधिकारी पनि आउँदैछन्।

भ्रमणका क्रममा डब्लुएचओ प्रमुखले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री डा नारायण खड्का र स्वास्थ्यमन्त्री विरोध खतिवडालगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

 



Leave a Reply

Your email address will not be published.