यस्ता छन् एकीकृत समाजवादीको स्वास्थ्यसम्बन्धी प्रतिबद्धता [विवरणसहित]

हेल्थपोस्ट नेपाल

काठमाडौं–एकीकृत समाजवादीले जटिल खालका शल्यक्रिया (मुटु, मिर्गौला, कलेजो, फोक्सो र टाउकाको भित्री भागको) बाहेकका उपचारहरु स्थानीय अस्पतालबाट निःशुल्क रुपमा उपलब्ध गराइने प्रतिबद्धता जनाएको छ।

मंगलबार निर्वाचन घोषणापत्र सार्वजनिक गर्दै एकीकृत समाजवादीले यस्तो प्रतिबद्धता जनाएको हो।

प्रतिबद्धतापत्रमा भनिएको छ, ‘स्वास्थोपचारसम्बन्धी स्थानीय ज्ञान र सीपको संरक्षण गर्नुका साथै स्थानीय स्तरमा आधुनिक स्वास्थ्य सेवा पु¥याउनु स्थानीय सरकारको प्रमुख कर्तव्य हुनेछ।’

एकीकृत समाजवादीको घोषणापत्रमा उल्लेख भएका स्वास्थ्यसम्बन्धी प्रतिबद्धताहरु निम्न छन्ः

३.१. जनताको अधिकार: निःशुल्क स्वास्थ्योपचार
स्थानीय सरकारका कामहरूमध्ये निःशुल्क रूपमा आम जनतालाई स्वास्थ्योपचार उपलब्ध गराउने कुरालाई प्रमुख प्राथमिकता दिइने छ । यसलाई बुँदागत रूपमा प्रस्तुत गरेका छौँ–
३.१.१. स्थानीय सरकारको बजेटको एक नम्बर प्राथमिकतामा स्वास्थ्य उपचारलाई राखिने छ । यसका लागि   आवश्यक पर्ने जनशक्ति उत्पादन र साधन–स्रोतको वितरणमा सङ्घ र प्रदेश सरकारहरूसँग सहकार्य गरिने   छ।

३.१.२. जटिल खालका शल्यक्रियाहरू (जस्तै– मुटु , मृगौला, कलेजो, फोक्सो र टाउकोको भित्री शल्यक्रिया) बाहेकका उपचारहरू स्थानीय अस्पतालबाट निःशुल्करूपमा उपलब्ध गराइने छ।

३.१.३. स्वास्थ्योपचारसम्बन्धी स्थानीय ज्ञान र सिपको संरक्षण गर्नुका साथै स्थानीय स्तरमा आधुनिक स्वास्थ्य सेवा पु¥याउनु स्थानीय सरकारको प्रमुख कर्तव्य हुने छ।

३.१.४. पालिकास्तरमा विशेषज्ञ चिकित्सकलाई आकर्षित गर्नका लागि स्थानीय सरकारले आकर्षक प्याकेजको व्यवस्था गर्ने छन् । यसबाट एकातिर दूर–दराजका जनताले पनि घरआगनमै विशेषज्ञ स्वास्थ्य सेवा पाउने छन् भने अर्कोतिर स्वास्थ्य क्षेत्रको जनशक्ति विदेश पलायन हुनबाट रोकिने छ।

३.१.५. जनताको सहज स्वास्थ्य उपचारका लागि घुम्ती स्वास्थ्य शिविर, मोबाइल नर्सिङ, टेली मेडिसिनका साथै टोल टोलमा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरी औषधि र जनशक्तिको उचित व्यवस्था गरिने छ । सामुदायिक नर्सिङ सेवाअन्तर्गत जनताको घर घरमा गएर स्वास्थ्य परीक्षण गर्ने तथा उपचारका लागि अस्पताल पु¥याउने सेवा उपलब्ध गराइने छ । सुविधासम्पन्न बर्थिङ सेन्टर, स्वास्थ्य परीक्षणका लागि प्रयोगशाला लगायतका सुविधा उपलब्ध गराइने छ।

३.१.६. सबै पालिकामा अनिवार्य रूपमा एम्बुलेन्स सेवा उपलब्ध गराइने छ।

३.१.७. स्वास्थ्य स्वयंसेविका र ग्रामीण स्वास्थ्य कार्यकर्तालाई आवश्यक तालिम तथा प्रोत्साहन भत्ताको  व्यवस्था गरिने छ।

३.१.८. स्वास्थ्य बिमालाई सहज र सुलभ बनाइने छ।

३.१.९. अस्पताललगायत स्वास्थ्य संस्थाहरूको स्तरोन्नति, साधन स्रोत र जनशक्तियुक्त बनाइने छ।

३.१.१०. बौद्धिक अपाङ्कता भएकाहरूको उपचार र आवश्यक सहयोगको व्यवस्था गरिने छ।

यसबाहेक

३.२.९. स्थानीय तहहरूमा किशोरी जनचेतना कार्यक्रम सञ्चालन गरिनुका साथै छात्राहरूलाई स्वास्थ्य परामर्श दिने व्यवस्था गरिने छ भने सेनिटरी प्याड निःशुल्क वितरणको व्यवस्था गरिने छ ।



Leave a Reply

Your email address will not be published.