थप १० जनामा संक्रमण पुष्टि, २६ निको भए

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा २४ घण्टा अवधिमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४ सय ३ जनाको नमुना परीक्षण गरिएकोमा १० जनामा संक्रमण देखिएको हो।

उक्त अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन भने २६ जना निको भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३ सय ३४ छ।



Leave a Reply

Your email address will not be published.