भिटामिन ए अभियानको प्रचार सामग्रीमा बंगलादेशी बालकको तस्बिर!

हेल्थपोस्ट नेपाल

काठमाडौं–राष्ट्रिय भिटामिन ए कार्यक्रम यही वैशाख ६ र ७ गते सञ्चालित हुँदैछ। अभियानबारे स्वास्थ्य मन्त्रालयले तयार पारेको प्रचार सामग्रीमा एक बालकलाई भिटामिन ए खुवाइरहेको देखाइएको छ।

धेरैलाई लाग्न सक्छ यो तस्बिर नेपाली बालककै हो।

तर, होइन, यी बालक बंगलादेशको बोरिसाल जिल्लाको बोरिसाल सहरको कालापोट्टी सुकुम्बासी बस्तीका हुन्। (हेर्नुहोस् लिंक)

यो तस्बिरलाई राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले आफ्नो वेबसाइटमा राखेको छ। जसमा क्याप्सनमा युनिसेफको सहयोगमा सञ्चालित राष्ट्रिय भिटामिन ए प्लस अभियानका क्रममा भिटामिन एक खुवाइँदै भनेर लेखिएको छ। उक्त तस्बिर कुन वर्षको हो भन्नेचाहि क्याप्सनमा खुल्दैन।

तस्बिरमा रातो क्याप्सुलले भिटामिन ए खुवाइँदै गरेको देखिन्छ। खासमा दुइ रंगका भिटामिन ए सप्लीमेन्ट प्रयोग गरिन्छ–निलो र रातो।

निलो ६ महिनादेखि ११ महिनासम्मका बालबालिकालाई खुवाइन्छ भने रातो १ देखि ४ वर्षका बालबालिकालाई खुवाइन्छ।



Leave a Reply

Your email address will not be published.