चीनको सांघाईमा लकडाउनपछि कोरोनाबाट पहिलो मृत्यु

हेल्थपोस्ट नेपाल

काठमाडौं – कोरोना भाइरसको नयाँ लहरसँग लडिरहेको चीनको सांघाई सहरमा लकडाउन लागू भएपछि संक्रमणका कारण पहिलो मृत्यु भएको छ। समाचार एजेन्सी एएफपीका अनुसार आइतबार तीन जनाको कोरोनाबाट मृत्यु भएको छ।

अस्पताल पुगेपछि तीन जनाको अवस्था नाजुक बन्दै गएको र धेरै प्रयास गर्दा पनि बचाउन नसकेको प्रशासनले जनाएको छ। सांघाई प्रशासनका अनुसार यी तीनजनाको उमेर ८९ देखि ९१ वर्षको बीचमा रहेको र उनीहरु अन्य रोगबाट पनि पीडित थिए।

यसअघि मार्च महिनामा चीनको जिलिन प्रान्तमा कोरोनाबाट दुईजनाको मृत्यु भएको थियो।



Leave a Reply

Your email address will not be published.