भारतमा कोरोना संक्रमण बढ्दै, एक दिनमै थपिए ११५० संक्रमित

काठमाडौं–भारतमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ। लामो समय घट्दै आएको संक्रमण केही दिनयता बढ्न थालेको हो।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा ११५० संक्रमित थपिएका छन्। संक्रमण पुष्टि हुनेको संख्या शनिबार ९७५ र शुक्रबार ९४९ थियो। दिल्लीमा मात्रै ४६१ संक्रमित थपिएका छन्।
हाल भारतमा सक्रिय संक्रमितको संख्या बढेर ११ हजार ५ सय ५८ पुगेको छ। सक्रिय संक्रमितको दर ०.०३ प्रतिशत छ भने संक्रमणमुक्त दर ९८.८ प्रतिशत छ।
२४ घण्टामा ४ जनाको मृत्यु भएको छ भने ९५४ जना निको भएका छन्। हाल भारतमा सबैभन्दा बढी सक्रिय संक्रमित केरलमा २९८२ छ भने कर्नाटकमा १४८३, असममा १३५१, महाराष्ट्रमा ६२६, हरियाणामा ८३५ र दिल्लीमा १२६२ छ।