नौ संक्रमित थपिए, ४४ निको भए

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा थप ९ जनामा संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको बुलेटिनमा चार हजार ४३ जनामा कोरोना परीक्षण गर्दा नौ जनामा सङ्क्रमण देखिएको हो। यसअघि सबभन्दा कम चार जनामा सङ्क्रमण देखिएको थियो।

मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या ४०० छ। पछिल्लो समय ४४ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । यससँगै निको हुनेको सङ्ख्या नौ लाख ६६ हजार ३०३ पुगेको छ। निको हुने दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। शनिबार सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन।

शून्य सङ्क्रमित भएका १७ जिल्ला पुगेका छन् । मन्त्रालयका अनुसार त्यसमा ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, दोलखा, रसुवा, मनाङ, मुस्ताङ, पूर्वनवलपरासी, पूर्वरुकुम, कपिलवस्तु, गुल्मी, जाजरकोट, जुम्ला, डोल्पा, मुगु, हुम्ला र बाजुरा छन् ।

हाल होमआइसोलेशनमा ३८२, संस्थागत आइसोलेशनमा १८, आइसीयूमा नौ र भेन्टिलेटरमा एक जनाको उपचार हुँदैछ। २४ घण्टामा ३० हजार ८८९ जनाले खोप लगाएका छन्।



Leave a Reply

Your email address will not be published.