भारतमा कोभिड संक्रमितकाे संख्या  करोड ३० लाख ३९ हजार नाघ्यो

हेल्थपोस्ट नेपाल

नयाँदिल्ली- भारतमा कोभिड संक्रमितकाे संख्या शुक्रबार ४ करोड ३० लाख ३९ हजारभन्दा बढी पुगेको छ। पछिल्लो २४ घण्टामा देशभर ९४९ थप व्यक्तिमा कोरोना सक्रङ्मण भएपछि कुल सङ्क्रमतिको संख्या ४ करोड ३० लाख ३९ हजार ९७२ पुगेको स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकले देखाएको छ।

यसका साथै बिहीबार बिहानसम्म महामारीका कारण थप ६ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या ५ लाख २१ हजार ७४३ पुगेको छ ।अझै पनि यहाँ ११ हजार १९१ कोरोनाका सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाइएको छ। पछिल्लो २४ घण्टामा १३३ सक्रिय सङ्क्रमित बढेको पाइएको छ। ७८ दिनपछि देशमा सक्रिय संख्या बढेको बिहीबार दोस्रो दिन भएको समाचारमा जनाइएको छ।

हालसम्म ४ करोड २५ लाख ७ हजार ३८ जना सफलतापूर्वक निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमध्ये पछिल्लो २४ घण्टामा ८१० जना डिस्चार्ज भएका छन्।



Leave a Reply

Your email address will not be published.