नर्भिकको एनिभर्सरी अफरः हेल्थ प्याकेजहरुमा छुटै छुट

हेल्थपोस्ट नेपाल

काठमाडौं–नर्भिक इन्टरनेशनल हस्पिटल स्थापनाको २९ औं वर्षमा प्रवेश गरेको छ। अस्पतालले आफ्नो २९ औं वार्षिकोत्सवका अवसरमा क्यान्सर स्क्रिनिङसँग सम्बन्धित नयाँ प्याकेज घोषणा गरेको छ भने केही पुराना प्याकेजमा विशेष छुटको अफरसमेत सार्वजनिक गरेको छ।

नर्भिकले निकट भविष्यमै क्यान्सरको समेत विश्वस्तरीय उपचार सेवा थालनी गर्दैछ। यसैको पूर्वतयारीस्वरुप अस्पतालले क्यान्सरसँग सम्बन्धित हेल्थ प्याकेजहरु डिजाइन गरी छुटको अफरसमेत सार्वजनिक गरेको हो।

वार्षिकोत्सवको अवसर पारेर नर्भिकले क्यान्सरसँग सम्बन्धित ३ वटा हेल्थ प्याकेज ल्याएको छ।

४० वर्षभन्दा माथिका महिलाका लागि क्यान्सर स्क्रिनिङको विशेष प्याकेज घोषणा गरिएको छ। यो प्याकेजको शुल्क बैशाखभरलाई ३० प्रतिशत छुट गरी १४ हजार रुपैयाँ कायम गरिएको छ। ४० वर्षमाथिका महिलाका लागि क्यान्सर स्क्रिनिङको यो विशेष प्याकेज हो। यसअन्तर्गत १० खालका विशेष परीक्षण तथा विशेषज्ञको विशेष परामर्श सेवासमेत समावेश गरिएको छ।

यस्तै, ४० वर्ष वा सोभन्दा कम उमेरका महिलाहरुमा क्यान्सर पत्ता लगाउने गरी अर्को प्याकेजसमेत डिजाइन गरिएको छ। यो प्याकेजमा समेत बैशाख महिनाभरि ३० प्रतिशत छुटको घोषणा गरिएको छ। यसअन्तर्गत ८ वटा विशेष परीक्षण तथा विशेषज्ञको परामर्श सेवासमेत समावेश गरिएको छ । यो प्याकेजको अफर रेट ११ हजार रुपैयाँ रहेको छ।

अस्पतालले ४० वर्ष वा सोभन्दा बढी उमेरका पुरुषहरुका लागि समेत क्यान्सर स्क्रिनिङको सुलभ प्याकेज घोषणा गरेको छ। यो प्याकेजको शुल्कमा समेत बैशाख ३१ सम्म ३० प्रतिशत छुट पाइने जनाइएको छ। यो प्याकेज ५५०५ रुपैयाँमै उपलब्ध हुने अस्पतालले जनाएको छ। यसअन्तर्गत ८ खालका विशेष परीक्षण तथा परामर्श सेवा उपलब्ध हुनेछ।

यस्तै, नर्भिकले आफ्नो वार्षिकोत्सवको अवसरमा ‘एनिभर्सरी प्याकेज’ समेत घोषणा गरेको छ। यो प्याकेज विशेष खालको फूलबडी चेकअप प्याकेज हो। यो प्याकेजमा २० वटा विशेष खालका परीक्षण समावेश गरिएको छ । साबिकको शुल्कमा ३० प्रतिशत छुट गरी यो प्याकेज १८७०० रुपैयाँमा खरीद गर्न सकिनेछ । यो प्याकेज आगामी आइतबार अर्थात बैशाख ४ गतेदेखि लागू भई १० दिनसम्मका लागि रहनेछ।

यसैगरी, नर्भिक अस्पतालले एनिभर्सरीकै अवसर पारेर अस्पतालबाट उपलब्ध हुँदै आएका अन्य हेल्थ प्याकेजहरुमा समेत छुटको अफर सार्वजनिक गरेको छ। यो प्याकेजअन्तर्गत बैशाख ४ गते आइतबारदेखि अस्पतालमा परामर्श सेवा तथा चेकजाँचका लागि आउने बिरामीहरुलाई एउटा विशेष कुपन उपलब्ध गराइनेछ । सो कुपनले बैशाखभरि नै अस्पतालको जुनसुकै प्याकेज लिएर १० प्रतिशत छुटको सुविधा पाउन सकिनेछ।

 



Leave a Reply

Your email address will not be published.