डब्लुएचओ प्रमुख नेपाल आउँदै

हेल्थपोस्ट नेपाल

काठमाडौं–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस घेब्रेयेसस नेपाल आउने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा उनी यही वैशाख ८ मा नेपाल आउन लागेका हुन्।

स्वास्थ्य सचिव डा रोशन पोखरेलले भ्रमणका क्रममा टेड्रोसले नेपालका उच्च अधिकारीहरुसँग भेटघाट गर्ने जानकारी दिए। सो क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ।



Leave a Reply

Your email address will not be published.