प्रबल जनसेवाश्री पदक पाएपछि डा पुनले लेखे–निरन्तर अध्ययन र बिरामीको सेवा गर्दा थाकिएको महसुस गरिएन

हेल्थपोस्ट नेपाल

काठमाडौं–संक्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुनले आफू निरन्तर अध्ययनमा लाग्दा बिरामीको सेवा गर्दा कहिल्यै थाकिएको महसुस नगरेको बताएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रबल जनसेवाश्री पदक पाएपछि पुनले यस्तो बताएका हुन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘१६ घण्टाको लोडसेडिङमा कापी र कलम लिएर मैनबत्तीको उज्यालोमा व्यासभित्र रही अध्ययन अनुसन्धान, पढ्ने र लेख्न सुरु गरेको एक दशक पनि पार भइसकेछ (जापानबाट फर्केपछि)। तर हिजोझैं लाग्दै। यस्तो कठिनाईका बाबजूद पनि निरन्तर अध्ययनमा घोत्लिँदा र बिरामीको सेवा गर्दा थाकिएको महसुस भने गरिएन।’

उनले जापानअध्ययनपछिको जीवनयात्रामा रहँदै गर्दा नेपालको प्रथम राष्ट्रपति डा रामवरण यादवबाट विद्याभूषण क, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानबाट प्रविधि पुरस्कार र अहिले नेपाल सरकारको प्रबल जनसेवाश्री जस्ता प्रतिष्ठित विभुषणबाट सुशोभित हुने मौका पाएको र यसले आफ्नो काम तथा लगावप्रति थप ऊर्जा र हौसा मिलेको महसुस गरेको पनि उनले उल्लेख गरेका छन्।



One thought on “प्रबल जनसेवाश्री पदक पाएपछि डा पुनले लेखे–निरन्तर अध्ययन र बिरामीको सेवा गर्दा थाकिएको महसुस गरिएन

Leave a Reply

Your email address will not be published.