किन हुन्छ कपाल चाँडै सेतो?

आजकाल अधिकांश मानिसको कपाल चाँडै नै फुलेको पाइन्छ। विशेषज्ञका अनुसार सानै उमेरमा कपाल फुल्नुु एक रोग हो। डाक्टरी भाषामा यसलाई ‘केनाइटिस’ भनिन्छ। इन्डियन जर्नल अफ डर्माटोलोजीमा सन् २०१६ मा प्रकाशित अनुसन्धान अनुसार भारतमा केनाइटिसका लागि २० वर्षको उमेर तोकिएको छ। अर्थात् २० वर्षभन्दा पहिले कपाल सेतो हुन थाल्छ भने उसलाई केनाइटिस भएको आशंका गर्न सकिन्छ।
दिल्लीस्थित ट्राइकोलोजिस्ट (कपालका डाक्टर) डा. अमरेन्द्रकुमारका अनुसार कपाल कालो बनाउने कोषमा समस्या आएपछि कपाल सेतो हुन थाल्छ।
कपाल सेतो हुनुमा अन्य कैयौं कारण पनि हुन सक्छन्। चिकित्सकका अनुसार आनुवंशिक कारण, खानपीनमा प्रोटीन र कपरको कमी र हर्मोनका कारण पनि कपाल असमयमै सेतो हुुन्छ।
शरीरमा हेमोग्लोबिनको कमी हुनुु, एनिमिया, थाइराइडको समस्या पनि यसका कारण हुन सक्छन्।
बेलायतको युनिभर्सिटी अफ ब्राडफोर्डका प्राध्यापक डेसमन्ड टोबिनका अनुसार युरोपियन मानिसहरुका लागि २० वर्षभन्दा कम उमेरमै कपाल सेतो हुनु सामान्य हो।
यस विषयमा गरिएको अनुसन्धानबाट प्राध्यापक टोबीन के नतिजामा पुुगेका छन् भने मानव शरीरमा पाइने जीन कपालको रंग रुपका लागि जिम्मेवार मानिन्छ। अलग–अलग जातिका मानिसको कपाल सेतो हुने समय अलग–अलग हुुन्छ। अफ्रिका र पूर्वी एशियाली मानिसको कपाल करिब एकै उमेरपछि सेतो हुन सुुरु हुुन्छ।
भारत तथा नेपालमा ४० वर्षको उमेरपछि सेतो हुन सुुरु गर्यो भनेचाहिँ रोग मानिँदैंन।
केनाइटिसको उपचार भने अलि मुस्किल छ। चिकित्सकका अनुसार एकपटक कपाल सेतो भयो भने जति गा¥हो कालो हुन हुन्छ, उति नै गार्हो बाँकी कपाल सेतो हुनबाट बचाउन सकिन्छ। केनाइटिसका लागि बजारमा औषधि र स्याम्पुु उपलब्ध छ, तर यसमा २० देखि ३० प्रतिशत सफलता पाउन सकिन्छ।
कम उमेरमै कपाल नफुलोस् भनेर खानपीनमा सानैदेखि ध्यान दिनुपर्छ। खानामा बायोटिन (एकप्रकारको भिटामिन) को प्रयोग गर्नुपर्छ । कुनै पनि प्रकारको रसायन प्रयोग गर्नुहुन्न। प्रायसः एन्टीडेन्ड्रफ स्याम्पुुमा कपाललाई नोक्सान पु¥याउने रसायन प्रयोग गरिएको हुन्छ।