थप चारजनामा कोरोना संक्रमण पुष्टि

हेल्थपोस्ट नेपाल

काठमाडौं – पछिल्लो २४ घण्टामा थप चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार ३४२ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

यस्तै सोही समयमा ४४ संक्रमित संक्रमणमुक्त भएका छन्। हाल नेपालमा ४७९ संक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ।



Leave a Reply

Your email address will not be published.