थप १९ जनामा कोरोना संक्रमण पुष्टि, ४९ निकाे भए

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३४९ जनाको पीसीआर परीक्षण गर्दामा १५ जना र १ हजार ३३६ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जना गरी १९ जनामा संक्रमण पुष्टि भएको हो।
याे अवधिमा काेराेना संक्रमणका कारण कसैकाे पनि मृत्यु भएकाे छैन भने ४९ जना निको भएका छन्। हाल देशभर ५२० जना सक्रिय संक्रमित रहेका छन्।