जलवायु परिवर्तन विश्व स्वास्थ्यका लागि गम्भीर खतराः डब्लुएचओ

हेल्थपोस्ट नेपाल

काठमाडौं–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जलवायु परिवर्तन मानव स्वास्थ्यका लागि एक गम्भीर खतरा बनेको जनाएको छ। कोभिड महामारीलाई दृष्टिगत गर्दै यसको समाधानका लागि ठूलो कदम चाल्नुपर्ने र विश्व सहयोगको आवश्यकता रहेको डब्लुएचओको भनाइ छ।

डब्लुएचओको क्षेत्रीय पश्चिमी प्रशान्त क्षेत्रका निर्देशक तोकेसी कसाईले पृथ्वीको स्वास्थ्यमा आवश्यक कदम नचाले भविष्यको स्वास्थ्यलाई खतरामा पारिहेको बताए। ‘जब स्वास्थ्य खतरामा पर्छ, सबै खतरामा हुन्छ, हामीले कोभिडबाट यही सिकेका हौं,’ उनले भने।

उनले जलवायु संकट पनि स्वास्थ्यको संकट भएको उल्लेख गर्दै जलवायु परिवर्तनले विभिन्न प्रकारबाट स्वास्थ्यमा असर पर्ने बताए। टिकाउ, जलवायुमैत्री स्वास्थ्य प्रणालीको निर्माणमा उनको जोड छ।

डब्लुएचएको एक तथ्यांकअनुसार पश्चिमी प्रशान्त क्षेत्रमा बर्सेनि ३५ लाख मानिसहरुको मृत्यु वायु प्रदूषण, चरम मौसमी घटना या जलजन्य रोगजस्ता पर्यावरणीय कारण हुने गरेको छ। यो क्षेत्रमा वायु प्रदूषणका कारण हरेक सेकेण्डमा एक व्यक्तिको मृत्यु हुने गरेको छ। वायु प्रदूषणले स्ट्रोक, मुटु र फोक्सोका रोगहरु बढाइरहेको बताइएको छ।

मानव स्वास्थ्यमा जलवायु परिवर्तनको प्रभाव प्रशान्त टापुका साना विकासशील मुलुकहरुमा बढी परेको छ।



Leave a Reply

Your email address will not be published.