यी हुन् ब्रेन ट्युमरका ७ लक्षण

हेल्थपोस्ट नेपाल

मस्तिष्कको कुनै भागमा अस्वाभाविक रुपमा कोशिकाहरु विकसित हुने स्थितिलाई ब्रेन ट्युमर भनिन्छ। यस्तो ट्युमर क्यान्सरसँग सम्बन्धित (मालिग्नेन्ट ट्युमर) वा विना क्यान्सर (बिनाइन ट्यमर) पनि हुनसक्छ। मस्तिष्कमा ट्युमर बढ्दा भित्र दबाब बढ्छ, जसबाट मस्तिष्कको संरचना हुन थाल्छ। ट्युमर एकखालको ज्यानै लिने रोग हो। यदि यो मस्तिष्कमा विकसित हुन्छ भने यसलाई प्राइमरी ट्युमर र शरीरका अन्य भागमा विकसित हुन्छ भने सेकेण्डरी ट्युमर भनिन्छ। मस्तिष्कमा विकसित क्यान्सर क्यान्सरयुक्त या क्यान्सर नभएको खालको पनि हुनसक्छ। जबकि शरीरका अन्य भागमा विकसित हुने ट्युमर निश्चित रुपमा क्यान्सरसँगमात्र सम्बन्धित हुन्छ।

हरेक वर्ष ब्रेन ट्युमरका कारण विश्वभर हजारौं मानिसको मृत्यु हुने गरेको छ। ब्रेन ट्युमरका बिरामीमध्ये सबैभन्दा बढी बालबालिका रहेको पाइन्छ। भारतको एक तथ्यांकअनुसार ब्रेन ट्युमरका बिरामीमध्ये बालबालिकाको संख्या २० प्रतिशत छ।

ब्रेन ट्युमरको लक्षण यो मस्तिष्कको कुन स्थानमा विकसित भएको छ भन्ने कुरामा भर पर्छ। यदि ट्युमर आँखा या हात, खुट्टा नियन्त्रण गर्ने स्थानमा छ भने ती अंगमा कमजोरी देखा पर्छ।

यसका मुख्य लक्षण
टाउको दुख्नुः सामान्यतः टाउको दुख्नु ब्रेन ट्युमरको सुरुवाती संकेत मान्ने गरिन्छ। तर यसो नभई ब्रेन ट्युमरको विकसित रुप हुँदा टाउको दुख्ने समस्या हुन्छ।

अचानक झड्का लागेजस्तो हुनुः हिड्ने क्रममा अचानक झड्का लाग्नु पनि ब्रेन ट्युमरको सुरुवाती लक्षण हुनसक्छ। मस्तिष्कमा रहेको ट्युमरका कारण न्युरोन्स अनियन्त्रित हुन्छन्। जसका कारण मानिसको हलचल असामान्य हुन सक्छ। यो स्थितिमा पुरै शरीरका साथ कुनै एक अंगमा अचानक झड्का लागेको महसुस हुन सक्छ।

अचानक सन्तुलन बिग्रनुः सही रुपले उठ्न नसक्नु, सिढीमा ठीकसँग हिँड्न नसक्नु, सन्तुलन बिग्रनुजस्ता कुराहरु खतराका सूचक हुनसक्छन्। बोल्नु, निल्नु या अनुहारको भाव नियन्त्रण गर्न नसक्नु पनि ट्युमरको सूचक हुनसक्छ।

शरीरको कुनै अंगमा झन्झनाहट उत्पन्न हुनुः यदि शरीरको कुनै अंगले कुनै पनि कुराको महसुस गर्दैन भने ध्यान दिनुपर्छ। जब ट्युमर ब्रेन स्टेममा हुन्छ भने समस्या उत्पन्न भएको मानिन्छ।

स्मरणशक्ति कमजोर हुनुः ट्युमरका कारण व्यक्तिको स्वभाव र व्यक्तिमा परिवर्तन आउँछ। ब्रेन ट्युमर भएका व्यक्ति हरेक कुराहरु बिर्सन थाल्छन्, अन्योलमा रहन्छन् र उनीहरुलाई सानातिना कुरामा पनि समस्याग्रस्त भएकाजस्ता देखिन्छन्।

वान्ता आउनेः यदि पेट खराबजस्तो भएर वान्ता आउने गरेको छ भने ब्रेन ट्युमरको संकेत हुनसक्छ। खासगरी लगातार वान्ता आइरहेको छ र त्यसको खास कारण थाहा छैन भने खराब संकेत हुनसक्छ, तत्काल चिकित्सकको सहायता लिनुपर्छ।

आँखा धमिलो हुनुः धमिलो देख्नु, डबल देख्नु र आँखाको ज्योति जानु पनि ट्युमरको लक्षण हुनसक्छ।



Leave a Reply

Your email address will not be published.