घोषणापत्रका लागि यस्तो छ एमाले स्वास्थ्य विभागका २१ सुझाव [विवरणसहित]

हेल्थपोस्ट नेपाल

काठमाडौं–एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले पार्टीको घोषणापत्र मस्यौदा समितिलाई २१ बुँदे सुझाव बुझाएको छ। विभाग प्रमुख योगेश भट्टराई र एमालेको जनवर्गीय संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले मंगलबार मस्यौदा समितिलाई विषयगत सुझाव बुझाएको हो ।

सुझावमा ज्येष्ठ नागरिक, अशक्त तथा अपांगता भएका व्यक्तिहरुको निःशुल्क घरदैलो स्वास्थ्य परीक्षण तथा उपचार कार्यक्रम सञ्चालन गरी नागरिकप्रति राज्यको सम्मानमा वृद्धि गरिने उल्लेख छ।

मुटु, फोक्सो, कलेजो तथा मिर्गौलासम्बन्धी रोग र क्यान्सरलगायतका नसर्ने रोगहरु रोकथाम तथा उपचारका लागि हरेक वडा तहमा रहेका आधारभूत स्वास्थ्य सेवा केन्द्रहरु (स्वास्थ्य चौकी) को स्तरउन्नति गरी समयमै निःशुल्क रोग पहिचान र उपचार र प्रेषण गर्ने व्यवस्था गर्ने विभागले उल्लेख गरेको छ।

स्थानीय अस्पतालहरुमा २४ घण्टा र ३६५ दिन एम्बुलेन्ससहितको आकस्मिक सेवा उपलब्ध गराउने र राजमार्ग छेउका स्थानीय अस्पतालहरुलाई सवारी दुर्घटना आदिबाट आउने घाइतेको आकस्मिक उपचार गर्नसक्ने गरी ट्रमा उपचार केन्द्रको रुपमा विकास गरिने पनि स्वास्थ्य विभागले सुझाव दिएको छ।

 



Leave a Reply

Your email address will not be published.