चीनले भन्यो–कोरोना महामारी चाँडै नियन्त्रणमा आउनेछ

हेल्थपोस्ट नेपाल

काठमाडौं–चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता चाउ ली च्यानले सांघाईमा फैलिरहेको कोरोना महामारी चाँडै नियन्त्रणमा आउने बताएका छन्। विदेशमन्त्रालयमा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा चाउले सरकारले महामारीप्रतिरोधी कदम प्रभावकारी रुपमा चालिरहेकाले संक्रमण तथा मृत्यु दर र अस्पतालमा उपचार दरमा अपेक्षाकृत रुपमा कम भएको बताए।

उनले महामारी फैलिएको अवस्थामा चीनको आर्थिक तथा सामाजिक सञ्चालन राम्रो अवस्थामा रहेकाले चिनियाँ जनताको सबभन्दा ठूलो परिधिमा संरक्षण गर्ने क्षमता चीन सरकारसँग भएको पनि बताए।

उनले चीनका विभिन्न ठाँउबाट आवश्यक संख्यामा चिकित्सक, स्वयंसेवक र यथेष्ठ सामग्री सांघाईमा पठाइरहेको र चीनका अरू ठाँउमा फैलिरहेको महामारीलाई पनि जित्ने विश्वास व्यक्त गरे।



Leave a Reply

Your email address will not be published.