५१४४ नमुना परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा थप २२ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १ सय ४४ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण देखिएको हो।

जसमा काठमाडौंमा १६, चितवनमा १, ललितपुरमा २, कास्कीमा २ र सल्यानमा १ जनामा संक्रमण देखिएको हो।

यो अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन भने २२ जना संक्रमणमुक्त भएका छन्।हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५ सय ६८ छ। जसमध्ये काठमाडौंमा ९५, भक्तपुरमा २ र ललितपुरमा ८० जना छन्।

यो अवधिमा १५ हजार ३ सय ५५ जनाले खोप लगाएका छन्। हाल क्वारेन्टाइनमा रहेकाहरुको संख्या १०६ छ।

 



Leave a Reply

Your email address will not be published.