‘अनि मैले प्रधानमन्त्रीलाई भनें स्वास्थ्य सचिवमा म फिट छैन, क्यान्सिल गरिदिनुस्’

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ३५ वर्षअघि रिसर्च कमिटीमात्र थियो। स्वास्थ्य सचिवको नेतृत्वमा काम गर्नुपर्थ्याे। त्यसले गर्दा काम गर्न पनि गार्हो भइरहेको थियो। केही काम त भयो। तर त्यसलाई अनुसन्धान परिषद् बनाउने भन्ने आइडिया आयो। स्वायत्तता पनि पाइन्छ, काम पनि गर्न पाइन्छ भन्ने थियो।
म र केही साथीहरुले परिषद् बनाउने कुरा गर्यौं।
तर, त्यतिबेला मलाई स्वास्थ्य सचिव बनाउने कुरा आएको थियो। महत्वपूर्ण पद। अब मलाई फसाद पर्यो।
एक दिन म प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको निवासमा गए। उहाँलाई मैले जेलमा धेरै औषधि गरिदिएको थिँए। असाध्ये असल। म बिहानै निवासमा पुगेपछि उहाँले सोध्नुभयो–डाक्टर साब, तपाईं कहिल्यै नआउने मानिस किन आउनु भएको? मलाई अहिले त ठीक छ नि।’
अनि मैले रिसर्च काउन्सिलमा काम गर्न मन छ, खडा गर्न मन छ। तर मलाई स्वास्थ्य सचिव बनाउने कुरा छ। त्यसलाई क्यान्सिल गराइदिनुस् भनेँ। प्लीज त्यति मान्नुस् भनेँ।
उहाँले सचिव बन्न आउने कति छन्, तपाईं क्यान्सिल गर्नुस् भन्दै हुनुहुन्छ भन्नुभयो।
मैले म सचिवमा फिट छैन भनेपछि अनुसन्धान परिष्द बन्यो। सुरुमा त्यसमा १० जना थियौं। त्यसलाई सरकारले पनि सहयोग गर्यौं। भवन पनि त्यतिबेलै बन्यो। त्यसपछि दिग्गजहरु आउनुभयो।
अहिले काउन्सिल जुन स्थानमा पुगेको छ, सो नाइस। फ्युचर इज सो नाइस।
म अहिले ९० वर्ष प्लस भएको छु। स्वास्थ्य ठीकै छ। काउन्सिलमै काम गर्दा कसरी स्वस्थ रहने भनेर सिकेँ। काउन्सिलले गर्दा आयु बढिरहेको छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको सम्मेलनमा वरिष्ठ चिकित्सक डा मृगेन्द्रराज पाण्डेले दिएको मन्तव्यको सम्पादित अंश