२७४० को नमुना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि

काठमाडौैं–नेपालमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। २ हजार ७ सय ४० जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।
उक्त अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन भने ४८ जना निको भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५ सय ९२ छ।