राष्ट्रिय स्वास्थ्यकर्मी संघको अध्यक्षमा गौतम

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेकपा एमालेनिकट राष्ट्रिय स्वास्थ्यकर्मी संघको अध्यक्षमा डा झलक शर्मा चयन भएका छन्। संघको काठमाडौंमा जारी चौथो राष्ट्रिय महाधिवेशनले डा गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

डा गौतम स्वास्थ्य सेवा विभागको खाेप शाखामा कार्यरत छन्। कार्यसमितिका सबै पदमा सहमति भएको बताइएको छ। तर यसको औपचारिक घोषणा भने हुन बाँकी छ।

संघका महासचिवमा डा सन्तोष पौडेललाई चयन गरिएको छ। उनी ट्रमा सेन्टरमा कार्यरत छन्।

महाधिवेशनले १५१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ। सहमति अनुसार चार उपाध्यक्षमा रामहरि ढकाल, शारदा खनाल, जगत नेपाली र भिमराज सिंह रहनेछन्।



Leave a Reply

Your email address will not be published.