स्पार्क अस्पतालबाट २७५ जनाले लिए नि:शुल्क स्वास्थ्य जाँच सेवा [तस्बिर तथा भिडियाे]

हेल्थपोस्ट नेपाल

काठमाडौं – स्पार्क हेल्थ होम अस्पतालमा सञ्चालित एकदिने नि:शुल्क स्वास्थ्य शिविरमा २७५ जनाले सेवा लिएका छन्। शनिबार नेपाल मानव अधिकार संगठन काठमाडौं महानगरपालिका-१३ समिति तथा स्पार्क अस्पताल र स्पार्क पोलिक्लिनिकको संयुक्त आयोजनामा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो।

शिविरमार्फत सामान्य चिकित्सा सेवा ११० जनाले, हाडजोर्नी तथा नशा रोग चेकजाँच सेवा ८५ जनाले र दाँत तथा मुखको सेवा ८० जनाले लिएका अस्पतालले जनाएको छ।

अस्पतालले आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत शिविर सञ्चालन गरेको हो। शिविरमा चिकित्सद्वारा सिफारिस गरिएका अल्ट्रासाउन्ड, प्याथोलोजी सेवा तथा औषधिसमेत नि:शुल्क बाँडिएको अस्पतालले जनाएको छ।


 



Leave a Reply

Your email address will not be published.