४१५५ काे नमुना परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि

हेल्थपोस्ट नेपाल

काठमाडौं– नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १ सय ५५ जनाको नमुना परीक्षण भएकोमा उक्त संख्यामा संक्रमण देखिएको हो।

यो अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन भने ४४ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ६ सय ३७ छ।



Leave a Reply

Your email address will not be published.