स्पार्क हेल्थ होम अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर

काठमाडौं : आज (शनिबार) कालिमाटीस्थित स्पार्क हेल्थ होम अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ। नेपाल मानव अधिकार संगठन काठमाडौं महानगरपालिका-१३ समिति तथा स्पार्क अस्पताल र स्पार्क पोलिक्लिनिकको संयुक्त आयोजनामा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।
अस्पतालले आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत बिरामीको लागि हाडजोर्नी, नशा, सुगर रोग, मुख तथा दन्त उपचार, लगायतका सेवा शिविर मार्फत नि:शुल्क गर्न लागेको अस्पतालका निर्देशक रुपेश अधिकारीले बताए। शिविर बिहान ८ बजेदेखि सुरु भएको छ र दिउँसो १ बजेसम्म चल्नेछ।
शिविरमा चिकित्सद्वारा सिफारिस गरिएका अल्ट्रासाउन्ड, प्याथोलोजी सेवा तथा औषधिसमेत नि:शुल्क बाँडिने अस्पतालले जनाएको छ।