प्रादेशिक अस्पताल जनकपुरका स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलित

हेल्थपोस्ट नेपाल

जनकपुरधाम – प्रादेशिक अस्पताल जनकपुरलाई मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत गाभ्ने मधेस सरकारको निर्णयविरूद्ध स्वास्थ्यकर्मी र कर्मचारीहरू विरोधमा उत्रिएका छन्।

प्रदेसकै सबैभन्दा जेठो अस्पतालको इतिहास अन्त्य गर्ने षडयन्त्र भइरहेको भन्दै स्वास्थ्यकर्मी र कर्मचारीहरू विरोधमा उत्रिएका हुन्।

प्रतिष्ठानमातहत राख्ने निर्णय सरच्याउनुपर्ने भन्दै अस्पबतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरू शुक्रबार प्रदेससभा भवन अगाडि प्रदर्शन गर्दै सभामुख सरोजकुमार यादवलाई ज्ञापनपत्र बुझाएका छन्।

प्रादेशिक अस्पताल र मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छुट्टाछुट्टै स्वतन्त्र संस्था कायम गर्नुपर्ने र प्रतिष्ठानको आफ्नै अस्पताल नबनुन्जेलसम्म प्रादेशिक अस्पताललाई प्रयोगात्मक कक्षा र पठनपाठनका लागि प्रयोग गर्न सकिने सुझाव सरकारी चिकित्सक संघ मधेस प्रदेस शाखाले दिएको छ।

आन्दोलनरत स्वास्थ्यकर्मी र कर्मचारीहरूले प्रादेशिक अस्पतालमातहत रहेको जनकपुर नर्सिङ क्याम्पसलाई पनि अन्यत्र सार्ने षडयन्त्र भइरहेको आरोप लगाएका छन्।



Leave a Reply

Your email address will not be published.