गोविन्द केसीसहितका अभियन्ताले गरे रुसी आक्रमणको विरोध

काठमाडौं–युक्रेनमा रुसी आक्रमणको विरोधमा शुक्रबार नागरिक अभियन्ताहरुले काठमाडौंस्थित रुसी दूतावासअगाडि विरोध प्रदर्शन गरेका छन्।
चिकित्सा शिक्षा अभियन्ता डा गोविन्द केसी,पत्रकारहरु नारायण वाग्ले,प्रतिक प्रधानलगायतले शुक्रबार अपरान्ह साढे २ बजे बालुवाटारस्थित रुसी दूतावासअगाडि प्रदर्शन गरेका हुन्।
उनीहरुले रुसी राष्ट्रपति बिसौं शताब्दिका हिटलरभन्दा क्रुर बनेको उल्लेख गर्दै जिम्मेवार नागरिक र मानवका हैसियतले पुटिनको यस्तो अमानवीय व्यवहारको मौन दर्शक बनेर बस्न नमिल्ने भएकाले प्रदर्शन गरिएको बताएका छन्।