४३४९ नमुना परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ३ सय ४९ जनाको नमुना परीक्षण भएकोमा उक्त संख्यामा संक्रमण देखिएको हो।

यो अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन भने ८९ जना संक्रमणमुक्त भएका छन्। नेपालमा हाल सक्रिय संक्रमितको संख्या ६ सय ६० छ।



Leave a Reply

Your email address will not be published.