ज्येष्ठ नागरिक अस्पताल स्थापना गर्न सरकारले दियो सैद्धान्तिक सहमति

हेल्थपोस्ट नेपाल

काठमाडौं–सरकारले ज्येष्ठ नागरिक अस्पताल स्थापना गर्न सैद्धान्तिक सहमति प्रदान गरेको छ।

बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले ज्येष्ठ नागरिकलाई विशिष्ट प्रकारको स्वास्थ्य सेवा उपलब्ध गराउन विशेषज्ञ सेवासहितको ज्येष्ठ नागरिक अस्पताल स्थापना गर्न सहमति प्रदान गरिएको बताए।

अस्पताल निर्माणबारे स्वास्थ्य मन्त्रालयले सहसचिवको नेतृत्वमा ३ तीन सदस्यीय कार्यदल बनाएकाे छ। कार्यदलले अस्पताल कुन ठाउँमा बनाउने, आवश्यक जग्गा व्यवस्थापन र लागत स्टिमेटबारे अध्ययन गरेर प्रतिवेदन बुझाउने छ । त्यसपछि अस्पताल निर्माण प्रक्रिया अगाडि जाने बताइएकाे छ।

५० वर्षभन्दा माथिका सबै नेपाली नागरिकको वर्षमा एक पटक निःशुल्क स्वास्थ्य परीक्षण गराउने निर्णय सरकारले यसअघि नै गरिसकेकाे छ।

हाल वीर अस्पतालमा ज्येष्ठ नागरिक ओपीडी सञ्चालनमा भएकोबाहेक सरकारले ज्येष्ठ नागरिकको उपचारलाई प्राथमिकता दिएको थिएन।



Leave a Reply

Your email address will not be published.