बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले माग्यो डाक्टर, नर्स र प्राविधिक गरी १०५ जनशक्ति

काठमाडौं–बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले चिकित्सक, नर्स तथा प्राविधिक गरी १ सय ५ जनालाई करार सेवामा नियुक्तिका लागि आवेदन आव्हान गरेको छ।
मन्त्रालयले चैत २४ गतेको मितिमा विज्ञापन प्रकाशित गरी १५ दिनभित्र आवेदन दिन आव्हान गरेको हो।
कन्सल्टेन्ट प्याथोलोजिस्ट, कन्सल्टेन्ट जनरल फिजिसियन, कन्सल्टेन्ट पिडियाट्रिसियन, सर्जन, डर्माटोलोजिस्ट, स्वास्थ्य शिक्षा प्रशासक, अस्पताल नर्सिङ प्रशासक, फार्मेसी अधिकृत, फिजियोथेरापिस्टलगायतका पदमा आवेदन आव्हान गरेको हो।
I am interested