दैनिक संक्रमितको संख्या एक अंकमा झर्यो, थप ७ मा संक्रमण पुष्टि

काठमाडौं–नेपालमा कोरोना संक्रमितको संख्या एक अंकमा झरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६ सय ६८ जनाको नमुना परीक्षण गरिएकोमा ७ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा २५ जना संक्रमणमुक्त भएका छन् भने यो अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन। हाल नेपालमा सक्रिय संक्रमितको संख्या ७४७ रहेको छ।